Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्थिरता, सुशासन र सुधारका पाँच उपाय: पूर्व नगरप्रमुख दीप नारायण रिजालको प्रस्ताव


३, मंसिर २०८२
  • 119
    SHARES
  • स्थिरता, सुशासन र सुधारका पाँच उपाय: पूर्व नगरप्रमुख दीप नारायण रिजालको प्रस्ताव
    काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पूर्व नगरप्रमुख दीप नारायण रिजालले मुलुकमा स्थिरता, सुशासन र दिगो विकास सुनिश्चित गर्न पाँच बुँदे सुधार-खाका सार्वजनिक गरेका छन् ।
     
    उनले सामाजिक संजालमार्फत व्यक्त गरेको ‘नितान्त निजी विचार’लाई स्वस्थ राजनीतिक बहसको आधार बनाउने उद्देश्य रहेको उल्लेख गरेका छन् । रिजालका अनुसार देशमा देखिएको राजनीतिक अस्थिरता, अनिश्चितता र सुशासनको चुनौती अब संरचनात्मक पुनर्संरचना बिना समाधान नहुने अवस्थामा पुगेको छ ।
     
    रिजालले प्रतिनिधिसभालाई पूर्ण रूपमा प्रथम-मतदीर्घ (FPTP) प्रणालीबाट गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्, जसले मतदातासँग प्रत्यक्ष जवाफदेहिता बढाउने र आन्तरिक राजनीतिक सौदाबाजी घटाउने उनको तर्क छ ।
     
    त्यस्तै, राष्ट्रियसभालाई पूर्ण समानुपातिक आधारमा पुनर्संरचना गर्दा लोकतान्त्रिक समावेशीता अझ सुदृढ हुने उनले बताए । हालको तीन तहको संघीय संरचना ‘महँगो र दोहोरो प्रशासन’मा परिणत भएको उल्लेख गर्दै रिजालले संघ र स्थानीय तह मात्रै रहने गरी दुई तहको संघीय व्यवस्था लागू गर्न सुझाव दिएका छन् । उनका अनुसार यसले खर्च कटौती मात्र होइन, निर्णय-प्रक्रिया छरितो र परिणाममुखी बनाउन मद्दत पुर्याउँछ ।
     
    साथै उनले मन्त्रीमण्डलमा ५० प्रतिशत सांसद र ५० प्रतिशत विषय-विशेषज्ञ राखिने प्रणाली अपनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्, जसले सरकार सञ्चालनमा दक्षता, पारदर्शिता र नीतिगत स्थिरता ल्याउने विश्वास व्यक्त गरेका छन् ।
     
    राजनीतिक अवरोध मोड्न संसद पुनःस्थापना, आवश्यक संवैधानिक संशोधन र राष्ट्रिय सहमतिमा आधारित मध्यावधि निर्वाचनको आवश्यकता पनि रिजालले उठाएका छन् ।
     
    उनका अनुसार वर्तमान राजनीतिक अवस्थालाई स्थायी समाधान गर्न व्यापक सहमति र स्पष्ट राजनीतिक दिशा आवश्यक छ । रिजालले आफ्ना सुझावलाई व्यक्तिगत धारणा मात्र भएको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत रिजालले राष्ट्रिय मुद्दामा संवाद, सहकार्य र सुधारमुखी बहस बढाउन सबैलाई आग्रह गरेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend