Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अब कुनै जेनजी आगो लगाउन आए राम्रै सम्झाएर प्रहरीलाई बुझाउँछौं : ओली


३, मंसिर २०८२
  • 110
    SHARES
  • अब कुनै जेनजी आगो लगाउन आए राम्रै सम्झाएर प्रहरीलाई बुझाउँछौं : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गरेका छन् । कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने ओलीको भनाइ छ ।

    काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले फोनमार्फत समेत राजीनामा गर भन्दै धम्की आउने गरेको बताए । साथै, घरमा आगजनी गराउने चेतावनी समेत आउने गरेका भन्दै त्यस्ता व्यक्ति अराजक र अपराधिक काम गर्ने मान्छे भएको जिकिर गरे ।

    उनले अपराधी र राक्षस प्रवृत्तिको अन्त्यका लागि बोल्नका लागि नेता कार्यकर्तालाई निर्देशन दिए ।

    ‘हामी अब देशलाई, नेकपा एमाले छ नि । अरु कोही बोल्छ कि बोल्दैन, छाडिदिउँ । तर हामी छौं नि । नेकपा एमाले छ नि । हामीले आफू संगठित हुनुपर्‍यो । सत्यको पक्षमा दृढताका साथ बोल्ने, उभिनु पर्‍यो,’ ओलीले भने, ‘अब कुनै जेनजी आगो लगाउन आउने छैन । आगो लगाउन आयो भने राम्रै सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउँछौं ।’

    उनले डेरामा बस्ने नेताहरूको घरबेटीलाई समेत फोन गरेर आगो लगाउने चेतावनी भइरहेको बताए ।

    ‘फोनबाट समेत राजीनामा गर, तेरो घरमा आगो लगाउँछु भन्दैछ । कोही डेरामा बस्दैछ भने घरबेटीलाई फोन गरेर त्यो मान्छे निकाल नत्र आगो लगाइदिन्छु भन्दैछ । त्यो कुनै मान्छे हो ?,’ ओलीले भने, ‘त्यो अपराधी हो । राक्षस हो । उसको मानसिकता नै भाडामा अपराधिक काम गर्ने मान्छे हो । यो राक्षस प्रवृत्ति नै हो ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend