Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दृश्य–अदृश्य शक्ति सरकार र दलहरूबिच मुठभेड होस् भन्ने चाहन्छन् : झाँक्री


४, मंसिर २०८२
  • 112
    SHARES
  • दृश्य–अदृश्य शक्ति सरकार र दलहरूबिच मुठभेड होस् भन्ने चाहन्छन् : झाँक्री

    काठमाडौँ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले दृश्य–अदृश्य शक्तिहरूले सरकार र दलहरूबिच मुठभेड होस भन्ने चाहेको बताएकी छिन् । बुधबार सिमरामा भएको जेनजी प्रदर्शनलाई लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । 

    सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले  सरकार र दलहरूबिच मुठभेड होस भन्ने चाहन्छन। कुनै न कुनै बहानामा संविधान फ्याँक्न चाहन्छन्।' 

    हजारौँ नागरिक र अग्रजहरूको बलिदानबाट आएको यो व्यवस्था र संविधान रक्षा गर्नुपर्ने उनको भनाइ छ ।  उनी भन्छिन्– 'नेपालको कुनै पनि भूभागमा निर्बाध आवतजावत गर्ने पाउने,विचारको छनौट गर्न पाउने, आफूलाई मन पर्ने विचार वा दलमा सङ्गठित हुन पाउने, शान्तिपूर्ण रूपमा भेला, सभा सम्मेलन गर्न पाउने, संविधान प्रदत्त  हकहरू हुन। यी हकहरू यही संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ। यसलाई अक्षुण्ण राख्नु सरकारको कर्तव्य हो ।' 

    'शान्ति सुव्यवस्था कायम गर्नु, जनता र सार्वजनिक, निजी सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्याभूति दिन, शान्ति सुरक्षाको व्यवस्था गर्नु सरकारको पहिलो जिम्मेवारी भएको उनले स्मरण गराएकी छिन् ।  हिजो जे भयो के ठिक भयो त ? यसरी नै हो नागरिक हकहरू खुम्चिँदै जाने। सरकार अब बदलाबाट होइन संवादबाट अगाडी बढोस्। सबै देशभक्त नेपालीहरू फेरी एक पटक जुटौँ। यहाँ सवाल देशको छ, राष्ट्रको छ, देशको सार्वभौमसत्ताको', उनले भनेकी छिन् । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend