Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?


६, मंसिर २०८२
  • 109
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?

    काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    यसअघि पटकपटक स्थगित हुँदै मंसिर ४ गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर आजका लागि सारिएको थियो ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।

    गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सदस्यहरूबीच मतभिन्नता रहेको छ ।

    महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन अघिनै पुसभित्र महाधिवेशन सक्नुपर्ने बताइरहेका छन् भने सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

    महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन नहुने हो भने करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाअनुसार विशेष महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

    बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम गत कात्तिक २७ गते नै सकिएको भए पनि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै पटक पटक सारिँदै आएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend