Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चुनावमा भाग लिने कांग्रेसको औपचारिक निर्णय


६, मंसिर २०८२
  • 108
    SHARES
  • चुनावमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    काठमाण्डौ – नेपाली कांग्रेसले आसन्न चुनावमा भाग लिने औपचारिक निर्णय गरेको छ ।

    आज सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनाव र फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने निर्णय गरेको हो ।

    आजको बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन–जीले उठाएको मागलाई संस्थागत रुपमा चुनावबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै चुनावमा जाने निर्णय गरेको हो ।

    त्यस्तै कांग्रेसले दुबै चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ । तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले चुनावमा भाग लिने निर्णय गरेको हो ।

    कांग्रेसले चुनावका लागि भयरहित वातावरण बनाउन हराइरहेका हतियार र भागेका कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ । पार्टी महाधिवेशनको विवाद नमिलेका कारण त्यसबारेमा भने बैठकले निर्णय गर्न सकेन ।

    महामन्त्री गगन थापाले महाधिबेसनका बारेमा छलफल गरेर फेरि बैठक बस्ने तर मंसिरमा नियमित महाधिबेसन गर्न नसकेमा विशेष महाधिवेशन गर्ने कुरा निर्विकल्प भएको बताउनुभयो ।  

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend