काठमाडौं - प्रगतिशील राष्ट्रिय अभियान, नेपाल समाजवादी पार्टी (नयाँशक्ति) र अन्य वैकल्पिक समूहहरूलाई एकीकृत गरेर बनेको पार्टी एकताको आज घोषणा हुदैछ।
बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियारलगायत नेताहरुको अगुवाइमा बनेकोे नयाँ पार्टी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ को औपचारिक घोषणा गर्न लागिएको हो।
भट्टराईको नेसपा (नयाँशक्ति), विघटित नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको अगुवाइमा सुदन किराँतीको संयोजकत्वमा बनेको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारलगायत मिलेर बनेको नयाँ पार्टी घोषणा गर्न राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको हो। घोषणाकार्यक्रम बिहान ११ बजे सुरु हुने प्रगतिशील राष्ट्रिय अभियानका केन्द्रीय संयोजन समिति सदस्य जन्मदेव जैशीले जानकारी दिए।
डा. भट्टराई, शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, दुर्गा सोबललगायत नेताले संयुक्त रूपमा एकता घोषणा गर्ने कार्यक्रम छ। यो पार्टी निर्वाचन आयोगमा भने दर्ता भइसकेको छ। तर प्रमाण पत्रपाइ सकेको छैन। सनाखतको प्रकृयामा रहेको पार्र्टीको चुनाव चिन्हआँखा रहने पक्का भएको जैशीले बताए।