Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसमा समयको चाप: विशेष महाधिवेशन अनिवार्य, दुई विकल्पमै सीमित निर्णय — अजय सिवाकोटी


९, मंसिर २०८२
  • 210
    SHARES
  • कांग्रेसमा समयको चाप: विशेष महाधिवेशन अनिवार्य, दुई विकल्पमै सीमित निर्णय — अजय सिवाकोटी

    काठमाडौं । नेपाली कांग्रेसभित्र तीव्र समयचापका कारण पार्टी अब विशेष महाधिवेशन भन्ने एक मात्र निर्णायक मोडतिर उन्मुख भएको केन्द्रीय सदस्य अजय सिवाकोटीले बताएका छन् ।

    नियमित महाधिवेशन तोकिएको अवधिभित्र सम्पन्न नहुने अवस्था स्पष्ट हुँदै गएपछि कांग्रेससँग उपलब्ध विकल्प अत्यन्त सीमित रहेको उनको दाबी छ । विधानअनुसार केन्द्रीय समितिको निर्णयमार्फत विशेष महाधिवेशन बोलाउने वा ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा आह्वान गर्ने-यिनै दुई उपायमध्ये कुनै एकलाई पार्टीले अब ढिला नगरी अंगिकार गर्नुपर्ने सिवाकोटीको निष्कर्ष छ ।

    नेता सिवाकोटीका अनुसार संस्थापन पक्षले केन्द्रीय समितिमा बहुमतको बलमा विशेष महाधिवेशन टार्न सक्ने अवस्था समाप्तप्रायः भइसकेको छ । सार्वभौम महाधिवेशन प्रतिनिधिद्वारा आधिकारिक रूपमा बुझाइएको दस्तावेजले विधानतः विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता सिर्जना गरिदिएको छ ।

    सिवाकोटी भन्छन्, “यसलाई बेवास्ता गर्ने कुनै पनि प्रयास नैतिक, संस्थागत र वैधानिक रूपमा अस्वीकार्य मात्र होइन, पार्टीलाई थप जटिल दिशातिर धकेल्ने जोखिमसमेत बोकेको छ ।” महामन्त्री गगन थापाले पनि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै निर्वाचन आयोगमा वैधानिक रूपमा दर्ता हुने र आगामी चुनावका उम्मेदवारलाई टिकटमा हस्ताक्षर गर्ने अधिकार त्यसै नेतृत्वले ग्रहण गर्ने स्पष्ट संकेत देइसकेका छन् ।

    यो कुरा उल्लेख गर्दै सिवाकोटीले पार्टीको वैधता, संगठनात्मक एकीकृतता र चुनावी तयारीका दृष्टिले विशेष महाधिवेशन अब अपरिहार्य भइसकेको बताए । हाल कांग्रेसभित्रको बहस, वार्ता र राजनीतिक कूटनीति सबै विशेष महाधिवेशनकाे दिशामा केन्द्रीत बन्दै गएको सिवाकोटीको भनाइ छ ।

    उनका अनुसार यसलाई पन्छाउने वा ढिलाइ गर्ने कुनै पनि निर्णय कांग्रेसको हितविपरीत मात्र होइन, संगठनलाई विभाजन तथा अविश्वासको संकटमा पुर्याउनेछ । सिवाकोटीले पार्टीका सबै सक्रिय सदस्य, नेतागण तथा महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दै कांग्रेस अहिले निर्णायक मोडमा प्रवेश गरिसकेको टिप्पणी गरे ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend