Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एसीसी यू–१९ प्रिमियर कप : निरजकुमार यादवकाे शतकमा नेपालकाे विजयी शुरुआत


९, मंसिर २०८२
  • 90
    SHARES
  • एसीसी यू–१९ प्रिमियर कप : निरजकुमार यादवकाे शतकमा नेपालकाे विजयी शुरुआत

    काठमाण्डाै – यूएईमा चलिरहेको १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ । यूएईको अजमानमा रहेको कारवान मैदानमा आज भएको खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले हरायो ।

    साउदी अरबले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ३० ओभर ४ बलमै २ विकेट गुमाएर भेटायो । नेपालका निरजकुमार यादवले १ सय १४, निश्चल क्षत्रिले नटआउट ६६ रन बनाए । साउदी अरबका मोहम्मद जुबेर सुनसरा र हाशिर अहमद सज्जादले १/१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको साउदी अरबले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनायो । साउदी अरबका मोहम्मद जुबेर सुनसराले सबैभन्दा धेरै ४८ रन बनाए । नेपालका अशोक धामीले २ विकेट लिए ।

    यो जीतसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । यो समूहमा नेपाल र साउदी अरबसँगै हङकङ रहेको छ । अब नेपालले समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा पर्सि बिहीवार हङकङसँग खेल्नेछ ।

    १४ वटा टोली सहभागी प्रतियोगिता आउँदो डिसेम्बर १ सम्म चल्नेछ । शीर्ष तीन टोली १९ वर्षमुनिको एशिया कपमा छनोट हुनेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend