काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज विज्ञप्ति निकालेर अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पोखरेलले विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।
नवौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका माधवकुमार नेपालले पार्टी छाड्नुपरेको थियो भने १०औंमा प्रतिस्पर्धा गर्नुभएका भीम रावल पार्टीबाट निकालिनुभएको थियो ।