Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय, आइतबार घोषणासभा


१०, मंसिर २०८२
  • 80
    SHARES
  • रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय, आइतबार घोषणासभा

    काठमाडौं । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।

    पार्टीको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको 'बृहत्तर ध्रुबीकरण/एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग पार्टी एकीकरण गर्ने निर्णय पारित गरेको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए ।

    'जेनजी विद्रोह'ले रास्वपासँगको एकीकरणलाई तीव्रतर बनाइदिएको परियारको टिप्पणी छ । "निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण"को निर्णय भएको परियारको भनाइ छ ।

    एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको उच्च समझदारीमा चाँडै टुंग्याइने र आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुने प्रवक्ता प्रधानले जनाए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend