Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महामन्त्रीहरूको प्रस्ताव असफल, कांग्रेस नेतृत्व नैतिक संकटमा- गुरूङको कडा प्रहार


११, मंसिर २०८२
  • 120
    SHARES
  • महामन्त्रीहरूको प्रस्ताव असफल, कांग्रेस नेतृत्व नैतिक संकटमा- गुरूङको कडा प्रहार

    काठमाडौँ l नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले पार्टीका दुई महामन्त्रीमाथि तीव्र सवाल उठाउँदै गोदावरीमा सम्पन्न ‘नीति अधिवेशन’लाई पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।

    गुरूङका अनुसार अधिवेशनले न नीति दिन सक्यो, न पार्टीलाई कुनै दिशा । बरु नेतृत्वले प्रस्तुत गरेको प्रस्ताव नै आज असान्दर्भिक र असफल भइसकेको उनको दाबी छ ।

    २०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकलाई पार्टीले ‘नीति अधिवेशन’को नाम दिएको थियो । तर गुरूङका अनुसार, दुई महामन्त्रीले उद्घाटन, समापन र कार्यपत्र प्रस्तुति गर्दै तीन-तीन पटक लामो मन्तव्य राखे पनि नीतिसम्बन्धी कुनै गम्भीर बहस नै भएको छैन ।

    उनले भनेका छन् केन्द्रमा निर्णय गर्न सकिने गठबन्धन विषयलाई अनावश्यक रूपमा हल्ला र नाराबाजीमार्फत उछालिँदा अधिवेशनको मूल उद्देश्य नै कमजोर बन्यो ।

    राजनीतिक र सांगठनिक प्रस्ताव पेस गरेका दुवै महामन्त्रीका दस्तावेज न संगठन जोगाउन सफल भए, न राष्ट्रिय राजनीतिमा प्रभाव पार्न । गुरूङले व्यङ्ग्यात्मक शैलीमा भने-“यति असफल प्रस्ताव बोकेर महामन्त्रीहरू कुन नैतिकताले पदीय दायित्वमा बस्ने?”

    उनले यसअघि गठबन्धन अस्वीकार गर्ने लाइन लिएका एक महामन्त्री नै कांग्रेस-एमालेको असंवैधानिक र शक्तिशाली समितिमा बसेको उदाहरण पनि स्मरण गराए ।

    नेता गुरुङले विधानको धारा १७(२) लाई तोडमोड गरेर व्याख्या गर्दै पार्टीभित्र अन्योल, भ्रम र निराशा सिर्जना गरिरहेको आरोप पनि लगाए । गुरूङका अनुसार १७(२) ले नेतृत्व परिवर्तन गर्न सक्दैन, र नीतिसम्बन्धी सबै निर्णय केन्द्रीय कार्य समितिबाट नै गर्न सकिन्छ ।

    सामाजिक सञ्जालमार्फत पार्टीका कार्यकर्तालाई सडकमा धकेल्ने गतिविधि कांग्रेसका लागि “दुर्भाग्यपूर्ण र अकल्पनीय” रहेको उनको टिप्पणी छ । उनले भने-यदि पार्टीलाई नयाँ नीति नै आवश्यक छ भने गोदावरीमा पेस गरिएका असफल प्रस्तावहरू स्वयं महामन्त्रीहरूले खारेज गर्नुपर्नेछ ।

    गुरूङले हालको संवेदनशील राजनीतिक अवस्थामा किचलो होइन, चुनावतर्फ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरे । उनका अनुसार, अहिले चुनाव नै एक मात्र वैधानिक समाधान हो, जसले देशको राजनीति मूल धारमा फर्काउन मद्दत गर्न सक्छ । उनले पार्टी पंक्तितर्फ चेतावनी दिंदै भने-“कांग्रेस भ्रममा पर्यो भने पार्टीको मात्र होइन, नेपालको लोकतन्त्रकै भविष्य संकटमा पर्न सक्छ ।”

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend