Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गलत व्याख्या बन्द गरौं, विशेष महाधिवेशनका विकल्प धेरै छन्: नेता कल्याण गुरूङ


१२, मंसिर २०८२
  • 165
    SHARES
  • गलत व्याख्या बन्द गरौं, विशेष महाधिवेशनका विकल्प धेरै छन्: नेता कल्याण गुरूङ

    काठमाडाँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले विशेष महाधिवेशनबारे पार्टीभित्र फैलाइएको भ्रम र गलत व्याख्याप्रति कडा आपत्ति जनाएका छन् ।

    १५ बुँदेमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले धारा १७(२) नेतृत्व परिवर्तनका लागि होइन, असाधारण नीतिगत परिवर्तनमा मात्र प्रयोग हुने स्पष्ट पारे ।

    विशेष महाधिवेशनका लागि ४० प्रतिशत प्रतिनिधि हस्ताक्षर अनिवार्य हुने भएकाले तत्काल सनाखत–प्रमाणीकरण प्रक्रिया सुरु गर्न आग्रह गर्दै गुरूङले उपलब्ध हस्ताक्षर २५ प्रतिशतसम्म पनि नपुग्ने दाबी गरे ।

    उनका अनुसार महामन्त्रीहरू स्वयंले विशेष महाधिवेशनलाई "बार्गेनिङ टुल" का रूपमा प्रयोग गरिरहेको बुझाइ पार्टीभित्र बलियो बनेको छ, जबकि राष्ट्रिय सभा गृहको भेलामा वास्तविक महाधिवेशन प्रतिनिधिको उपस्थिति अत्यन्त न्यून थियो । अग्रसर समूहभित्रै गम्भीर मतभेद बढेको र हस्ताक्षरविहीन विज्ञप्तिले अस्थिरता झनै बढाएको आरोप उनले लगाए ।

    क्रियाशील सदस्यता टुंगो नलागेसम्म १५औं महाधिवेशन सम्भव नभएको दोहोर्याउँदै गुरूङले धारा ३३ अनुसार उम्मेदवार चयन, गठबन्धन नबनाउने नीति, र महाधिवेशन तयारीका सबै प्रक्रिया तत्काल अगाडि बढाउन जोड दिए। उनका शब्दमा, “विशेष महाधिवेशनको डर देखाएर कसैले स्वार्थ नमेटोस्; कांग्रेसमा डर मान्ने मान्छे कोही छैन।”

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend