Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी


१२, मंसिर २०८२
  • 81
    SHARES
  • मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

    काठमाण्डाै – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतदान केन्द्र र म्यादी प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया शुरू गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् ।

    यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरीको सङ्ख्या बढाउनुपर्ने आवश्यकता देखिएसँगै जिम्मेवार निकाय तयारीमा जुटेका हुन् ।

    गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले चुनाव सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरू गर्ने बताउनुभयो । नयाँ मतदाताको सङ्ख्यालाई आँकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उहाँले जानकारी दिनुभयो ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने बताउनुभयो ।

    कुल ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानले पाउने सरह आधारभूत तलब, लत्ताकपडा, यातायात खर्चलगायत सुविधा पाउनेछन् । चुनावका लागि नेपाल प्रहरीले ७१ हजारभन्दा धेरै प्रहरी खटाउने तयारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

    २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । त्यस बेला १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए । यसपालि ८ लाखभन्दा धेरै नयाँ मतदाता थप भएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend