काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि दाङबाट २३ जना प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका छन्।
जिल्ला सचिव सूर्यबहादुर डाँगीका अनुसार खुलातर्फ १३, महिलातर्फ ७ र दलिततर्फ ३ गरी जम्मा २३ जना प्रतिनिधि चयन गरिएको हो।
खुलातर्फ चयन हुनेहरूमा शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छन्।
महिलातर्फका प्रतिनिधिमा सीता चौधरी (क्षेत्र नं. १), लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई, सीता चौधरी (क्षेत्र नं. २), रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा शामिल छन्।
त्यसैगरी, दलिततर्फबाट मानबहादुर विक, निर्मला विक र टंकबहादुर विक सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्।