Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा रक्तदान


११, साउन २०८०
  • 151
    SHARES
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा रक्तदान

    कबिन्द्र नेपाल,
    बुटवल । प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै बिहिबार रक्तदान कार्यक्रम गरिएको हो । 

    रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, शेयर सदस्य तथा सुभेच्छुक समेत गरी ५२ जनाले रक्तदान गरिएको संस्थाका सचिव गोपाल केसीले जानकारी गराउनु भयो । 

    उक्त विद्युत सहकारीले विगत ४ वर्षदेखि हरेक वर्ष रक्तदान गर्दै आएको छ । रगतको अभावमा कसैले पनि जीवन गुमाउन नपरोस भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदानमा उत्प्रेरित गर्नको लागि नियमित रुपमा रक्तदान कार्यक्रम गरिएको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष जीतबहादुर मल्लले बताउनु भयो । 

    कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई संस्थाका अध्यक्ष मल्ल र बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामीले प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend