Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पुस मसान्तभित्र नियमित महाधिवेशन गर्न देउवा तयार : नेता निधि र सिटौलाको असहमति


१४, मंसिर २०८२
  • 101
    SHARES
  • पुस मसान्तभित्र नियमित महाधिवेशन गर्न देउवा तयार : नेता निधि र सिटौलाको असहमति

    काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार हुनुभएको छ । विधानतः विशेष महाधिवेशनको माग टार्न नसकिने भएपछि उहाँ नियमित महाधिवेशनको पक्षमा देखिनुभएको हो ।

    विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमै सभापति देउवाको जोड रहेको छ । तर, यसमा नेताहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले भने पुसमा महाधिवेशन सम्भव नभएको भन्दै असहमति व्यक्त गर्नुभएको छ ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमवार दिउँसोसम्मका लागि सारिएको छ । यसअघि हिजो सभापति देउवासँग भएको छलफल निष्कर्षविहीन भएपछि बैठक सारिएको हो ।

    मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सोमवारका लागि सारिएको जानकारी दिनुभएको हो । महाधिवेशनको मितिबारे कांग्रेसमा आन्तरिक किचलो लम्बिएको छ । तर सभापति देउवाले महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिनुभएको छ ।

    निधि र सिटौलाको असहमति देखिएपछि थप गृहकार्य गर्न भन्दै कार्यवाहक सभापति खड्काले आजका लागि तय केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि सार्नुभएको हो । कांग्रेसले भोलिको बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिलाई अनुरोध गरेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend