Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति (पूर्णपाठसहित)


१४, मंसिर २०८२
  • 74
    SHARES
  • यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति (पूर्णपाठसहित)

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ।

    ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’ को मुद्दालाई केन्द्रमा राख्दै यी दुई वैकल्पिक राजनीतिक शक्तिहरूले आइतबार ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्।

    सबै नेपालीको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उद्देश्यका साथ दुई पार्टीबीच एकता भएको सहमतिपत्रमा उल्लेख छ।

    रवि लामिछाने नेतृत्वको रास्वपाले छोटो समयमै बनाएको संसदीय हैसियत र स्व. उज्वल थापाले सुरु गरेको ‘विवेकशील अभियान’ को जगमा टेकेर यो एकीकरण सम्पन्न भएको सहमति पत्रमा उल्लेख छ।

    दुई दलबीच भएको सहमति अनुसार एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार र त्यसको बीचमा निलो रङको घण्टीको आकृति रहने सहमति भएको छ।

    विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्वलाई निःशर्त स्वीकार गरेको छ। साथै, रास्वपाले निष्ठा र मूल्य-मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा र ‘विवेकशील अभियान’ ले पुर्‍याएको योगदानलाई आफ्नो दस्तावेजमा समेट्दै संस्थागत मान्यता दिने निर्णय गरेको छ।

    सांगठनिक समायोजनका सन्दर्भमा, रास्वपाको आगामी ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्मका लागि ‘संघीय नेतृत्व मञ्च’ नामक विशेष संयन्त्र निर्माण गरिने भएको छ। 

    त्यसैगरी, प्रदेश र स्थानीय तहका संरचनामा पनि योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा नेता तथा कार्यकर्ताहरूको समुचित समायोजन गरिने सहमति भएको छ।

    एकीकरण प्रक्रियालाई कानुनी रूप दिन निर्वाचन आयोगका प्रक्रियाहरू पूरा गर्ने र दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने निर्णय पनि दुई दलले गरेका छन्।

    सहमति पत्रमार्फत दुवै दलले लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत एवं परिवर्तनकामी शक्ति, समूह र व्यक्तिहरूलाई ‘घण्टी’ चुनाव चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

    उक्त सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष एवं राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।

    591772948_832497512908208_8619208789904199747_n

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend