Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जेनजी सहिद परिवारको माग –आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गरियोस्


१४, मंसिर २०८२
  • 78
    SHARES
  • जेनजी सहिद परिवारको माग –आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गरियोस्

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार जेनजी आन्दोलनमा सहिद भएकाको परिवारसँग छलफल गरेकी छन् ।

    सिंहदरबारमा भएको भेटमा सहिद परिवारका प्रतिनिधिमण्डलले आन्दोलनको म्यान्डेट अनुरूप सरकारले गरेका कार्यहरू र आफ्ना मागहरूबारे जिज्ञासा राखेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    भोजविक्रम थापाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले चुनावको कुरा मात्र नभई भ्रष्टाचारविरुद्ध कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा राखेको थियो ।

    उनीहरूले यसअघि सरकारसमक्ष पेस गरिएका १४ बुँदे मागहरू तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनीसमेत दिएका सचिवालयले जनाएको छ । 

    छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायत पनि उपस्थिति थिए ।

    सचिवालयका अनुसार प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले जेनजी आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागहरूप्रति सरकार गम्भीर र इमानदार रहेको बताएकी छन् । सरकारले सहिद परिवारका मागहरूलाई सम्बोधन गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend