Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सन्देश सभा विगतका गल्तीको आत्मालोचना हो : प्रचण्ड


१४, मंसिर २०८२
  • 73
    SHARES
  • सन्देश सभा विगतका गल्तीको आत्मालोचना हो : प्रचण्ड

    काठमाडौँ - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आत्मसमीक्षाको परिणाम भएको बताएका छन्। 

    आइतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरूको आत्मालोचना भएको तर्क गरे।

    विगतमा भएका कमजोरीप्रति आफूहरूले आत्मसमीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाए। यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरू एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दाबी प्रचण्डको छ। अब देशमा देखिएका समस्या समाधान गर्नेमा केन्द्रित हुने बताए।  

    प्रचण्डले भने, ‘आजको एकता सन्देश सभा नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन आएका सबै नेताको आत्मालोचना सभा पनि हो। विगतमा भएका कमी कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौँ भनेर तपाईंहरूका अगाडि संकल्प गर्न आएका हौँ। यो संकल्प सभा पनि हो। रूपान्तरणको निम्ति गरिएको नयाँ संकल्पको परिणाम हो।’

    उनले देशमा अहिले असाधारण परिस्थिति रहेको बताए। 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend