Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभा चुनावको कार्यतालिका निर्वाचन आयोगबाट अनुमोदन

पुस २३ गते उम्मेदवारी दर्ता


१७, मंसिर २०८२
  • 78
    SHARES
  • राष्ट्रियसभा चुनावको कार्यतालिका निर्वाचन आयोगबाट अनुमोदन

    काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको कार्यतालिका अनुमोदन गरी सार्वजनिक गरेको छ ।

    कार्यतालिका अनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशित हुनेछ । नामावलीमाथि दाबी विरोध तथा उजुरी छानबिन गरेर पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ ।

    पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने आयोगले जनाएको छ । पुस २७ गते दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

    पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने कार्यक्रम छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान सम्पन्न हुनेछ ।

    फागुन २० गते राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल समाप्त हुँदैछ । १९ जनामध्ये वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत सदस्य हुनुहुन्छ । बाँकी १८ रिक्त पदका लागि चुनाव हुन लागेको हो ।

    यस पटक कोशीबाट तीन, मधेशबाट चार तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई तथा लुम्बिनी प्रदेशबाट तीन जना सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्य चुनावमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका मेयर तथा उपमेयर मतदाता हुन्छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend