Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

केन्द्रीय कार्यालय पुनर्निर्माण गर्न पार्टी संरचनालाई कांग्रेसले तोक्यो आर्थिक सहयोगको रकम

५ सदस्यीय समिति बनाउन निर्देशन


१७, मंसिर २०८२
  • 81
    SHARES
  • केन्द्रीय कार्यालय पुनर्निर्माण गर्न पार्टी संरचनालाई कांग्रेसले तोक्यो आर्थिक सहयोगको रकम

    काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि पार्टीका तल्ला संरचनाबाट आर्थिक सहयोग उठाउने भएको छ ।

     पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यालय पुनर्निर्माण गर्नका लागि भन्दै सहयोग रकम तोकेरै परिपत्र गरेका छन् ।

    परिपत्रमा बै‌कको खाता नम्बरसमेत दिइएको छ ।  प्राप्त परिपत्रको विवरणअनुसार व्यक्तिगत रूपमा महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र पार्टीका तर्फबाट उम्मेदवार भई स्थानीय तहका विभिन्न पदमा निर्वाचितका लागि पनि पत्रमा रकम तोकेर पठाइएको छ । 

    ‘पार्टीको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग सम्बन्धमा’ शीर्षकको पत्रमा तोकिएको रकम यस्तो छ– 

    १) प्रदेश कार्यसमिति – ५ लाख

    २) जिल्ला कार्यसमिति

    (क) एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूसँग – ३० हजार

    (ख) दुई भन्दामाथि ४ निर्वाचन क्षेत्रसम्म भएका जिल्लाहरूसँग – ५० हजार 

    (ग) चार भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूसँग – ७५ हजार

    ३) प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति – ३० हजार

    ४) प्रदेशसभा क्षेत्रीय कार्यसमिति – २० हजार 

    ५) महानगरपालिका कार्यसमिति – २० हजार

    ६) उपमहानगरपालिका कार्यसमिति – १५ हजार

    ७) नगरपालिका कार्यसमिति – १० हजार 

    ८) गाँउपालिका कार्यसमिति – ५ हजार

    ९) वडा कार्यसमिति २ हजार

    पत्रमा उल्लेख भएको व्यक्तिगत रूपमा उपलब्ध गराउनुपर्ने रकम

    १) महाधिवेशन प्रतिनिधि (प्रतिव्यक्ति) ३ हजार

    २) प्रदेश अधिवेशन प्रतिनिधि (प्रतिव्यक्ति) १ हजार

    ३) क्रियाशील सदस्यबाट भवन निर्माणका लागि (एक पटकका लागि) १५०

    ४) नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष महानगर/महानगर/महानगर प्रमुख उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख – एक महिनाको पारिश्रमिक 

    ५ सदस्यीय समिति बनाउन निर्देशन

    पत्रमा आर्थिक सहयोग जुटाउनका लागि ५ सदस्यीय समिति बनाउन पनि निर्देशन दिइएको छ । प्रदेश र जिल्लामा ५ सदस्यीय समिति बनाउन उल्लेख गर्दै पत्र पठाइएको हो ।

    पत्रमा समितिमा प्रदेश र जिल्ला सभापति संयोजक, कोषाध्यक्ष सदस्य अन्य ३ जना सदस्य बनाउन निर्देशन दिइएको छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend