Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाल श्रीलंका व्यापारिक सहकार्य सुदृढीकरणतर्फ महत्वपूर्ण छलफल


१९, मंसिर २०८२
  • 78
    SHARES
  • नेपाल श्रीलंका व्यापारिक सहकार्य सुदृढीकरणतर्फ महत्वपूर्ण छलफल

     काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (NSCCI) का पदाधिकारी र नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियाबीच व्यापार, लगानी र संयुक्त उद्यम विस्तारसम्बन्धी महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

    भेटघाट काठमाडौंको बुढानिलकण्ठस्थित श्रीलंका दूतावासमा सम्पन्न भएको हो । भेटमा NSCCI का माननीय सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त तथा सदस्य कुमार दाहाल उपस्थित थिए ।

    एम्बेसडर डेल्पिटियाले दुई देशबीचका व्यावसायिक तथा आर्थिक गतिविधि आगामी दिनमा थप गतिशील हुने विश्वास व्यक्त गरिन् । विशेषगरी २०२६ को जुन महिनामा श्रीलंकामा आयोजना हुने ‘इन्डस्ट्रियल एक्स्पो’ मा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने विषयमा दुवैतर्फको गम्भीर छलफल भयो ।

    नेपालतर्फ पनि सोही प्रकृतिको व्यापारिक एक्स्पो आयोजना गरी श्रीलंकाका प्रतिनिधिलाई सहभागी गराउने तयारी भइरहेको चेम्बरका अध्यक्ष विजय श्रेष्ठले बताए । भेटमा व्यापार, लगानी, संयुक्त उद्यम, सेवा–बिनिमय, भ्रमण, व्यापारिक समूहहरूको आदान–प्रदान तथा दुवै देशका सम्भावित बजार र लगानी क्षेत्र विस्तार सम्बन्धी विषयमा विस्तृत चर्चा भयो ।

    दुवै देशबीच हुने यस्तो उच्च–स्तरीय भ्रमण र समन्वयले स्थानीय तथा राष्ट्रिय आर्थिक गतिविधिमा थप ऊर्जा भर्ने, साथै विदेशी व्यापार तथा लगानी नीतिमा नियमित संवादका नयाँ ढोका खोल्ने अपेक्षा राखिएको छ ।

    त्यसैगरी, नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (NSCCI) को आगामी साधारणसभामा एम्बेसडर डेल्पिटिया प्रमुख अतिथिका रूपमा रहने विषयमा पनि प्रारम्भिक सहमति बनेको छ । यो भेटघाटलाई नेपाल–श्रीलंका आर्थिक तथा कूटनीतिक सहकार्य सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend