Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुर्खेत-२ बाट हृदयराम थानीसहित ६ जनाको नाम सिफारिस


२३, मंसिर २०८२
  • 94
    SHARES
  • सुर्खेत-२ बाट हृदयराम थानीसहित ६ जनाको नाम सिफारिस

    सुर्खेत । प्रतिनिधिसभाको उम्मेदवारका लागि सुर्खेत क्षेत्र–२ बाट कांग्रेस नेता हृदयराम थानी सहित ६ जनाको नाम प्रत्यक्षमा सिफारिस गरिएको छ ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले थानी सहित ६ जनाको नाम सिफारिस गरेको हो । थानी गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    सुर्खेत क्षेत्र–१  बाट कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस हुँदा २ बाट भने ६ जनाको नाम सिफारिस भएको कंग्रेस सुर्खेतका सचिव देव कुमार सुवेदीले जानकारी दिए ।

    उनका अनुसार सुर्खेत २ बाट प्रत्यक्ष तर्फ नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भिस्म हमाल र बसन्ती बस्नेत जिसीको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

    त्यस्तै समानुपातिकतर्फ पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ गंगा नेपाली बस्याल, पार्वती गिरी, धना बिष्ट, भिम शाही नेपाली र भगे कामीको नाम सिफारिस गरिएको सचिव सुवेदीले जानकारी दिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend