Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस महाधिवेशन : १९ क्षेत्रमा पुगेन क्रियाशील सदस्यता फारम


२३, मंसिर २०८२
  • 93
    SHARES
  • कांग्रेस महाधिवेशन :  १९ क्षेत्रमा पुगेन क्रियाशील सदस्यता फारम

    काठमाडौँ । नेपाली कांग्रेसको मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशनको सन्दर्भमा सर्वसम्मत पारित गरेको कार्यतालिका मिचिएको छ । 

    बैठकले पुस २६ देखि १८ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका पारित गरेको थियो । त्यो तालिकामा पार्टीको केन्द्रबाट मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने उल्लेख छ ।

    तर मंगलबार मंसिर २३ गतेसम्म १९ प्रतिनिधि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पुर्‍याउन नसकिएको महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
     
    ‘अझै १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउन बाँकी छ । पठाउने प्रयासमा हामी छौँ,’ पार्टी केन्द्रीय सदस्य समेत रहेका चौधरीले भने । समितिले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांक अनुसार १४ जिल्लाका १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फारम पुगेको छैन ।
     
    एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ताप्लेजुङ, झापाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५, मोरङको क्षेत्र नम्बर ३, खोटाङमा क्रियाशील सदस्यताको फाराम नपुगेको समितिले जनाएको छ ।
     
    त्यस्तै सप्तरीको क्षेत्र नम्बर ३, सिरहाको क्षेत्र नम्बर ४, रौतहटको क्षेत्र नम्बर ३, बाराको क्षेत्र नम्बर २ र ४, पर्साको क्षेत्र नम्बर १ मा फाराम पुगेको छैन । रामेछाप, मुस्ताङ, नवलपुरको क्षेत्र नम्बर १ र २, स्याङ्जा क्षेत्र नम्बर १ तथा डोल्पा र जुम्लामा क्रियाशील सदस्यताको फारम पुगेको छैन । पठाउन बाँकी रहेका निर्वाचन क्षेत्रमा पठाउने प्रयास भइरहेको चौधरीले जानकारी दिए । 

    त्यस्तै केन्द्रीय समितिले पारित गरेको कार्यतालिकामा मंसिर २४ गतेसम्म प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि तोकेको थियो । त्यो काम पनि अहिलेसम्म पूरा हुन नसकेको चौधरीले बताए । त्यो कार्यलाई अन्तिम रूप दिन आफूहरू निरन्तर बैठकमा नै रहेको चौधरीको भनाइ छ ।  

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend