Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शेखरको एकल नाम प्रस्ताव, मीनेन्द्र र महेश आचार्य पनि सिफारिस


२३, मंसिर २०८२
  • 84
    SHARES
  • शेखरको एकल नाम प्रस्ताव, मीनेन्द्र र महेश आचार्य पनि सिफारिस

    विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समितिले आफ्ना उम्मेदवार जिल्ला समितिलाई सिफारिस गरेको छ ।

    मोरङका छ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ६ मा डाक्टर  र क्षेत्र नम्बर ३ मा डाक्टर सुनिल शर्माको नामशेखर कोइराला एकल उम्मेदवारका रूपमा प्रस्ताव गरिएको छ । 

    यस्तै क्षेत्र नम्बर १ मा कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू, उर्लाबारीका पूर्वप्रमुख तथा कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र नेतृ दिव्या बस्नेत सिफारिस भएका छन् । विघटित संसदमा लिम्बू नै निर्वाचित भएका थिए । 

    यस्तै क्षेत्र नम्बर २ बाट पूर्वमन्त्रीसमेत रहेका डा. मीनेन्द्र रिजाल, प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र नेतृ नारायणी पण्डित सिफारिस भएका छन् ।

    रिजाल २०७४ सालको निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्दै विजयी बनेका थिए, तर २०७९ सालको निर्वाचनमा उनले टिकट पाएनन् । उनको ठाउँमा सुजाता कोइरालाले टिकट पाएकी थिइन् । कांग्रेस–माओवादीसहित गठबन्धनबाट उम्मेदवार बनेकी कोइरालालाई एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले पराजित गरेका थिए । 

    यस्तै कांग्रेसले मोरङको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलीप गच्छदार, नेता गुरुराज घिमिरे र विनोद बस्नेतलाई सिफारिस गरेको छ ।

    २०७४ सालको निर्वाचनमा आचार्यलाई वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीले पराजित गरेका थिए । गच्छदार २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए भने नेता घिमिरेलाई २०७९ सालको निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट एमालेका जयप्रकाश चौधरीले पराजित गरेका थिए ।

    २०७९ सालमा कांग्रेस र माओवादीबीच गठबन्धन थियो । सिफारिस भएका नेता विनोद बस्नेत विराटनगर ३ नम्बर वडाका पूर्व वडाध्यक्ष हुन् । 

    यस्तै कांग्रेसले मोरङको क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीलाई सिफारिस गरेको छ । उनीहरूमध्ये सर्वसम्मतिको प्रयास भइरहेको जिल्ला सभापति डिकबहादुर लिम्बूले बताए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend