Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रूपन्देही–३ बाट पूर्वगृहमन्त्री खाँणको नाम पहिलो नम्बरमा सिफारिस


२४, मंसिर २०८२
  • 79
    SHARES
  • रूपन्देही–३ बाट पूर्वगृहमन्त्री खाँणको नाम पहिलो नम्बरमा सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही–३ बाट सिफारिसमा परेका छन् ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले नेता खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।

    समितिले उनीसँगै सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीको नाम पनि उम्मेदवारका लागि सिफारिस गरेको छ ।

    नेता खाँणको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए ।

    नेता खाँण प्रतिनिधिसभा निर्वाचन ०७९ मा यही क्षेत्रबाट राप्रपाका दिवंगत नेता दिपक बोहरासँग पराजित भएका थिए ।

    नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न भएको आरोपमा २०८० साल वैशाख २७ गते उनी पक्राउ परेका थिए । उनी ७ महिना जेल बसेर २०८० मंसिर २९ गते धरौटीमा रिहा भएका थिए ।

    क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभामा समानुपातिकतर्फ अल्पसंख्यक समुदायबाट जन्नतुन निशा धुनिया, थारू समुदायबाट पुष्पा थरुनी र महिलातर्फ माधवी शर्मालाई सिफारिस गरेको छ ।

    यस्तै राष्ट्रिय सभा सदस्य पदका लागि सोमनाथ शर्मा (खस–आर्य), मिननाथ शर्मा (अपाङ्गता भएका), भीमप्रसाद न्यौपाने (खस–आर्य) र मोहन सरदार (अल्पसंख्यक) सिफारिसमा परेका छन् ।

    रुपन्देही १ र २ बाट प्रत्यक्षतर्फ १५ जना सिफारिस

    यसैगरी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही क्षेत्र नम्बर १ र २ बाट कांग्रेसका १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस भएको हो ।

    क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिरा खत्रीले बताए ।

    यस्तै समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको खत्रीले जानकारी दिए ।

    क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस भएको छ ।

    यस्तै समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस भएको छ ।

    यसैगरी राष्ट्रिय सभामा रामबहादुर कार्कीको नाम सिफारिस भएको रुपन्देही २ का नेता विमलराज भट्टराईले जानकारी दिए ।

    रुपन्देही २ एमाले उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । २०७९ को चुनावमा भने पौडेलले रास्वपाका उम्मेदवारलाई १५ सय भन्दा कम मत अन्तरले मात्रै पछि पारेका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend