Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सरकारले स्वीकार्‍याे ‘जेन–जी’ आन्दोलन


२४, मंसिर २०८२
  • 113
    SHARES
  • सरकारले स्वीकार्‍याे ‘जेन–जी’ आन्दोलन

    काठमाण्डाै – नेपाल सरकार र नवयुवाका प्रतिनिधिबीच औपचारिक सम्झौता हुँदैछ ।

    प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार सम्झौताका लागि तयार भएको ड्राफ्टमा भदौ २३ र २४ गते भएको आन्दोलनलाई सरकारले जेनजी जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ ।

    सम्झौताको प्रस्तावनामा पनि जेनजी जनआन्दोलन भनिएको छ । हस्ताक्षर समारोहबारे प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले सार्वजनिक गर्नुभएको सूचनामा ’जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ हुन लागेको जानकारी दिइएको छ ।

    भविष्यमा आउने सरकारले पनि यो आन्दोलनको मर्म र उपलब्धि स्वीकार गरोस् भनेर जेनजी युवाहरूले सरकारसँग औपचारिक सम्झौताको माग गरिरहेका थिए । सँगसँगै यसलाई जनआन्दोलन भनेर सम्बोधन गर्दै लिखित दस्तावेजीकरण गर्नुपर्ने उनीहरूको माग थियो ।

    गएको हप्ता युवाहरूले प्रधानमन्त्रीलाई भेटेर यथाशीघ्र सम्झौता टुङ्गो लगाइ हस्ताक्षर गर्न माग गरेका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend