Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कम्युनिष्ट एकता कार्यान्वयनको अपरिहार्यता : नेता भुसाल


२४, मंसिर २०८२
  • 94
    SHARES
  • कम्युनिष्ट एकता कार्यान्वयनको अपरिहार्यता : नेता भुसाल

    अर्घाखाँची - नेपालमा १६ वटा कम्युनिष्ट घटकको ऐतिहासिक एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नरहेको नेपाली कम्युनिष्ट पार्टीका नेता बेदुराम भुसालले बताएका छन् ।

    पार्टीले बुधवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै भुसालले कम्युनिष्ट आन्दोलनको स्वाधीनता, समाजवादी दिशा र राष्ट्र परिवर्तनको आधार यही एकतामा निहित रहेको स्पष्ट पार्नुभयो ।

    नेता भुसालले दुईतिहाई जनमत कम्युनिष्ट पक्षमा रहेको तर टुट्फुटका कारण समाजवादी क्रान्ति अधुरो रहेको उल्लेख गर्दै, हालको एकता अभियान त्यो ऐतिहासिक अपूर्णताबाट राष्ट्रलाई अघि बढाउने मुख्य मार्ग भएको बताउनुभयो ।

    १६ घटकबीचको एकता व्यापक देखिए पनि यसको मूल सार भने दुई प्रमुख धारका कम्युनिष्ट शक्तिबीच भएको महत्वपूर्ण राजनीतिक एकता भएको उहाँको तर्क थियो ।

    यसै क्रममा नेता चक्रपाणी खनाल ‘बलदेवले नेत्रविक्रम चन्द ‘विप्लव’ र जनार्दन शर्माले अन्तिम समयमा केपी ओलीसँग उभिनु ठूलो राजनीतिक विचलन भएको आरोप लगाउँदै, अब चुनावमार्फत जनतालाई एकताको स्पष्ट सन्देश दिनुपर्नेमा जोड दिनुभयो । खनालले एमालेलाई “कम्युनिष्ट नामको कलंक” भन्दै संसद् पुनःस्थापनाको औचित्यमाथि पनि प्रश्न उठाउनुभयो ।

    अर्का नेता सुदर्शन बरालले एकतालाई केवल पद–कुर्सीहरूको व्यवस्थापनमा सीमित नराखी राष्ट्र रूपान्तरणको व्यापक आन्दोलनका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    कार्यक्रम पार्टीका केन्द्रीय सदस्य ठाकुर कुमार विकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा छमकुमारी खनालले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन रामबहादुर चौहानले गरेका थिए ।

    उक्त कार्यक्रममा नेता चन्द्रबहादुर खड्का, सुशिला सिर्पाली, पिताम्बर भुसाल, पिताम्बर सारु, राजेन्द्र भुसाल, सुशिल भट्टराई, नारायण शर्मा, प्रदेश कमिटी सचिवालय सदस्य, सल्लाहकार, सहिद परिवार, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा पार्टीका कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend