Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसले गठन गर्‍यो यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति


२५, मंसिर २०८२
  • 100
    SHARES
  • कांग्रेसले गठन गर्‍यो यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेका हुन् ।

    समितिको सदस्यहरूमा केन्द्रीय सदस्य शिव हुमागाईं, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार बिक छन् । 

    कांग्रेसको विधानअनुसार वडाहरूबाट वितरण हुने क्रियाशील सदस्यता पालिका निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा आइपुगेपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले छानबिन समितिलाई हस्तान्तरण गर्नेछ ।

    छानबिन समितिले सदस्यतामा देखिएका विवाद समाधान गरेपछि पुनः केन्द्रीय सदस्यता व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने प्रावधान छ । केन्द्रीय सदस्यता व्यवस्थापन समिति महामन्त्रीको नेतृत्वमा रहने वैधानिक प्रावधान छ । 

    अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा रहेका छन् । महामन्त्री थापा नेतृत्वको समितिले देशभरिबाट आएका क्रियाशील सदस्यहरूको विवरण हस्तान्तरणपछि त्यसमा आउने उजुरी र दाबी विरोधका आधारमा केन्द्रीय सदस्यता छानबिन समितिले सदस्यता सम्बन्धी निर्णय गर्नेछ ।

    यसरी तयार भएको अन्तिम नामावली नेपाली कांग्रेसको वडा तहमा मतदान गर्ने मतदाता नामावलीको रूपमा परिणत हुन्छ ।
    598014528_2274910789601208_5623606353477383940_n-1765416268.jpg

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend