Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गर्दै सभामुख घर्ती मगर : “बजेट अभाव हुन दिइने छैन”


२६, मंसिर २०८२
  • 116
    SHARES
  • लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गर्दै सभामुख घर्ती मगर : “बजेट अभाव हुन दिइने छैन”

    बुटवल l लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले आज लुम्बिनी प्रदेशको गौरवपूर्ण आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन नयाँ भवनको अवलोकन गर्नुभएको छ ।

    अवलोकनका क्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका फिल्ड इन्जिनियर शंकर सुबेदीले निर्माण प्रगति तथा प्राविधिक अवस्थाबारे जानकारी गराएका थिए ।

    त्यस्तै अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले अस्पतालको समग्र व्यवस्थापन, सेवा विस्तार तथा आगामी योजनाबारे ब्रिफिङ प्रस्तुत गर्नुभएको थियो । सभामुख घर्ती मगरले अस्पतालले संचालन गर्न लागिरहेको मोनोग्राफी (एमआरआई) कक्षको पनि स्थलगत निरीक्षण गर्दै उक्त सेवा समयमै सुरु हुने अपेक्षा व्यक्त गर्नुभयो ।

    उहाँले आवश्यक बजेट तथा स्रोत-साधनको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै, “गौरवको आयोजना भएकाले कामको गुणस्तर र समयसीमा दुवै सुनिश्चित गरिनुपर्छ,” भन्नुभयो ।

    अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव नरहे पनि एमबिबिएस (मेडिकल अफिसर) तथा नर्सिङ स्टाफको कमी रहेको प्रशासन प्रमुख गौतमले जानकारी दिनुभयो । हाल लुम्बिनी प्रादेशिक अस्पताल ५ सय शय्या क्षमतामा सञ्चालन भइरहेको छ र दैनिक २ सयभन्दा बढी बिरामीले सेवा लिने गर्दछन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend