Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अमेरिका पुगेर धुर्मुसले लेखे लामो ‘बकपत्र’, छोरीको उपचार गरेर फर्किने प्रतिक्रिया


२६, मंसिर २०८२
  • 97
    SHARES
  • अमेरिका पुगेर धुर्मुसले लेखे लामो ‘बकपत्र’, छोरीको उपचार गरेर फर्किने प्रतिक्रिया

    काठमाडौँ - गौतम बुद्ध क्रिकेट रंगशालाको विवादका बिच कलाकार सीताराम कट्टेल ‘धुर्मुस’  र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पुगेका छन्। छोरी सुबिहानीको जटिल उपचारका लागि भन्दै उनीहरू केही दिनअघि सपरिवार अमेरिका गएका हुन्।

    अमेरिकाबाटै सामाजिक सञ्जालमा लामो स्टाटस (बकपत्र) लेख्दै धुर्मुसले रंगशाला निर्माणका क्रममा व्यहोरेको दुःख र अमेरिका आउनुको कारण उल्लेख गरेका छन्।

    आफू अमेरिकामा रहँदासम्म नेपालमा विचाराधीन मुद्दाका लागि धुर्मुस-सुन्तली फाउण्डेसनका उपाध्यक्षलाई अख्तियारी दिएको उनले जनाएका छन्। छोरीको नि:शुल्क उपचार सुविधा पाएकाले अमेरिका आएको भन्दै उनले उपचार सकेर नेपाल फर्किने बताएका छन्। 

    ‘हामी भागेको होइन। छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन’, उनले भनेका छन्, ‘छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौँ।’ 

    उनले रंगशालाको समस्याबाट मुक्त गरिदिएर कलाकारितामा फर्किन सहयोग गरिदिन उनले सरकारसँग आग्रह गरेका छन्। ‘हामीलाई रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गरिदियोस्’, उनले लेखेका छन्, ‘नेपाल सरकारलाई हाम्रो विनम्र अनुरोध!’

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend