Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेकपा एमाले महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै


२८, मंसिर २०८२
  • 118
    SHARES
  • नेकपा एमाले महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै

    काठमाण्डौ – नेकपा एमालेको ११औँ महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुँदैछ । हिजो भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित एमालेको ११औँ महाधिवेशन उद्घाटन भएको थियो ।

    आज बिहान काठमाण्डौको भृकुटीमण्डपमा शुरू हुने बन्दसत्रले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । देशभरबाट छानिएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र ७ जना सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी सदस्य चयन गर्नेछ ।

    सहमतिमै नेतृत्व चयनको प्रयास र त्यो नभए मतदानमार्फत नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाइसकेको छ ।

    अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । दुवै नेताले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । दुवैले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव लगायत पदाधिकारीको प्यानल बनाउने गृहकार्य थालेका छन् ।

    महासचिवमा ओली पक्षबाट वर्तमान महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्धय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले दाबी गर्दै आएका छन् । यस्तै ईश्वर पोखरेल पक्षले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जनालाई महासचिवको उम्मेदवार बनाउने तयारी गरेको छ । उपाध्यक्ष र सचिवमा पनि दुवै समूहका धेरै नेताहरूले आकाङ्क्षा देखाएका छन् ।

    पदाधिकारीमा आकाङ्क्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । नवयुवा आन्दोलनपछिको राजनीतिक परिस्थिति भएकाले पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा ४० वर्ष हाराहारी उमेरका नेताको प्रतिनिधित्व बढाउन एमालेभित्र आवाज उठिरहेको छ । महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा करिब चार सय छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend