Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमाले महाधिवेशन : भोलि बिहान ११ बजेदेखि उम्मेदवारी दर्ता शुरू हुने


२८, मंसिर २०८२
  • 82
    SHARES
  • एमाले महाधिवेशन : भोलि बिहान ११ बजेदेखि उम्मेदवारी दर्ता शुरू हुने

    काठमाण्डाै – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र आज ढिला गरी शुरू भएको छ ।

    काठमाण्डाैको भृकुटीमण्डपमा बिहान साढे ७ बजेदेखि बन्दसत्र शुरू गर्ने यसअघिको निर्णय रहेकोमा केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ बजेपछि शुरू भएको हो ।

    बन्दसत्र शुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गरेको छ । यसअघि गएको भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित पदाधिकारी सङ्ख्या १९ बाट घटाएर १५ मा झारेको थियो ।

    आजको बैठकले फेरि विधान संशाेधन गरेर अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी सङ्ख्या १९ जना कायम गरेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    वरिष्ठ उपाध्यक्ष रहनुभएका ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्ने गरी नवयुवा आन्दोलनलाई कारण देखाउँदै विधानमा संशोधन गर्नुभएको हो ।

    अब एमालेको पदाधिकारी सङ्ख्या १९ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय कायम भएको छ ।

    यस्तै बन्दसत्रले केन्द्रीय कमिटीमा चयन हुने ३ सय १ जनाको क्लस्टर निश्चित गरेको छ । जसमा १९ जना पदाधिकारी रहनेछन् । पदाधिकारी सबै खुला लडेर आउनुपर्नेछ । यस्तै उपत्यकासहित आठ प्रदेशबाट ९–९ का दरले ७२ जना चयन हुनेछन् ।

    प्रदेशमा खुलातर्फ ५ जना, महिला ३ जना र युवा एक जना रहनेछन् । यस्तै खुलाबाट १ सय २५ जना चयन हुनेमा त्यसमध्ये ७१ खुला, ५२ महिला र २ युवाको कोटा छुटिएको छ ।

    जनजाति/आदिवासीतर्फ २५ जनाको कोटा रहेकोमा त्यसभित्र १५ खुला, ८ महिला र दुई युवाका लागि काेटा सुरक्षित छ । २० जना कोटा रहेको मधेशीतर्फ ११ खुला, ६ महिला र २ युवाको कोटा छ ।

    प्रवासतर्फ २ जनाको कोटा रहेकोमा भारतबाट १ र अन्य देशका लागि १ कोटा छ । श्रमिकतर्फ ३ जनाको कोटा रहेकोमा २ खुला र १ महिलाको कोटा छ । अपाङ्गता भएका व्यक्तिका लागि एउटा खुला कोटा छ ।

    १२ जनाको कोटा रहेको दलिततर्फ ७ खुला, ४ महिला र युवाका लागि १ कोटा सुरक्षित छ । ८ जनाको कोटा रहेको थारुमा खुलातर्फ ५ र महिलातर्फ ३ तथा ५ जनाको कोटा रहेको मुस्लिममा ४ खुला र १ महिलाका लागि कोटा छ ।

    पिछडिएको क्षेत्रका लागि दुई जनाको कोटा रहेकोमा १ खुला र १ महिलाको कोटा छ । सबै क्लस्टरमा गरी एमालेमा ४० वर्षमुनिका कम्तीमा १५ जना केन्द्रीय सदस्य हुने निश्चित भएको छ ।

    यस्तै एमालेको ११औं महाधिवेशन अन्तर्गत चुनावी कार्यतालिका प्रकाशित भएको छ । जसअनुसार भोलि बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबीविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता शुरू हुनेछ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend