Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान


२९, मंसिर २०८२
  • 87
    SHARES
  • एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

    काठमाण्डौ – नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु छ । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता आज हुनेछ भने भोलि मतदानको कार्यक्रम राखिएको छ ।

    बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुुरी दिने कार्यतालिका छ ।

    आज दिउँसो ३ः१० देखि उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।

    मतदानपछि मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन् ।

    एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा अस्ति शनिवार उद्घाटन भएको थियो भने काठमाण्डौ भृकुटीमण्डपमा बन्दसत्रको कार्यक्रम चलिरहेको छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend