Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेसद्वारा आमोदप्रसाद उपाध्यायप्रति शोक प्रस्ताव पारित, तीन दिन झण्डा आधा झुकाउने निर्णय


२९, मंसिर २०८२
  • 99
    SHARES
  • नेपाली कांग्रेसद्वारा आमोदप्रसाद उपाध्यायप्रति शोक प्रस्ताव पारित, तीन दिन झण्डा आधा झुकाउने निर्णय

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर २९ गते बसेको बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

    पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा बसेको बैठकले स्वर्गीय उपाध्यायप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको हो ।

    शोक प्रस्तावअनुसार नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, शालीन तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित नेता उपाध्यायको काठमाडौँस्थित ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा २०८२ मंसिर २७ गते शनिबार साँझ ९ बजे ९१ वर्षको उमेरमा निधन भएको थियो ।

    वि.सं. २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित उपाध्याय २०५६ मंसिर २३ गते सम्पन्न उपनिर्वाचनमार्फत मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ २०५६ सालमा शिक्षा तथा खेलकूद मन्त्री रहनुका साथै २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि पुनर्स्थापित व्यवस्थापिका संसदका सदस्य रहनुभएको थियो ।

    त्यसैगरी २०६४ को संविधान सभा निर्वाचनमा पनि मोरङ–१ बाट निर्वाचित हुनुभएको थियो। २०६९ सालमा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजकका रूपमा उहाँले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

    राजनीतिक संघर्षका क्रममा पटक–पटक जेल जीवन र निर्वासन समेत भोग्नुभएका उपाध्याय समाजसेवा र अध्ययनप्रति विशेष रुचि राख्ने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका विभिन्न लेख–रचनाहरू पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।

    बैठकले नेता उपाध्यायको निधनबाट नेपाली कांग्रेसले एक अग्रज, अनुभवी र नेतृत्वदायी व्यक्तित्व गुमाएको ठहर गरेको छ । उहाँको पार्थिव शरीरलाई आज बिहान ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

    बैठकले उच्च सम्मानका साथ शोक कार्यक्रमसमेत निर्धारण गरेको छ । निर्णयअनुसार २०८२ मंसिर २९, पुस १ र २ गते तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ।

    २०८२ पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द रहनेछन् । साथै स्वर्गारोहणको १३औँ दिनसम्म शोक पुस्तिका राखिने र १३औँ दिनमा उहाँको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गरिनेछ ।

    शोक प्रस्तावमा पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर रहेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend