Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तिलोत्तमा : प्रत्येक शुक्रबार विद्यार्थीले पुस्तक बोक्न नपर्ने


१२, साउन २०८०
  • 182
    SHARES
  • तिलोत्तमा : प्रत्येक शुक्रबार विद्यार्थीले पुस्तक बोक्न नपर्ने

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अबदेखि शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ ।

    नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने भएको हो । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गर्दै शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गराउन आग्रह गरेको छ ।

    नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवार (Creative Friday Without Text Books) लाई नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यक्रम सञ्चालन गर्ने भनी उल्लेख गरेकाे थियाे । साेही अनुरूप प्रत्येक शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गर्न नगरपालिकाले अनुराेध गरेकाे छ ।

    यस्तै नगरपालिकाले विद्यालय क्षेत्र तथा सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण एवं सेवन रोक लगाएको छ ।

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend