Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संघीय निर्वाचनमा नारायण प्रसाद खनालले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा


१, पुस २०८२
  • 1,490
    SHARES
  • संघीय निर्वाचनमा नारायण प्रसाद खनालले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा

    अर्घाखाँची । समाजसेवा, आध्यात्मिक मार्गदर्शन र सांस्कृतिक संरक्षणलाई जीवनको मूल ध्येय बनाउँदै आएका जिल्लाका प्रतिष्ठित व्यक्तित्व नारायण प्रसाद खनालले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

    दलीय राजनीतिभन्दा माथि उठेर निष्कलंक छवि र जनसेवाको दीर्घ यात्रासहित अघि बढेका खनाल कुनै पनि राजनीतिक दलको औपचारिक सदस्यता नलिई स्वतन्त्र, उत्तरदायी र जनमुखी नेतृत्वको उदाहरण प्रस्तुत गर्दै आएका छन् ।

    64ae70d6-349d-41de-8363-fdb59f936932.jpg

    लामो समय विदेशमा रहँदा पनि मेचीदेखि महाकालीसम्म फैलिएका नेपाली समुदायका समस्या, पीडा र सरोकारमा निरन्तर सक्रिय रहँदै समाधानका लागि अग्रसर उनी सेवाभाव, इमानदारी र निष्ठाका लागि परिचित छन् ।

    आफ्नै सभ्यता, संस्कृति, भाषा र मौलिक पहिचानप्रति गहिरो आस्था राख्दै निरन्तर योगदान पुर्याएका खनाललाई राष्ट्रपति कार्यालयद्वारा ‘समाजसेवा पदक’ प्रदान गरिनु उनको योगदानको राष्ट्रिय मान्यताको प्रमाण हो ।

    विभिन्न सामाजिक तथा धार्मिक संघ-संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवसेवाका उदाहरणीय काम गरेका उनी भ्रष्टाचारमुक्त शासन, पारदर्शी व्यवस्थापन र परिणाममुखी विकासको पक्षमा दृढ संकल्पित रहेको बताउँछन् ।

    मौलिक धर्म-संस्कृतिको संरक्षण, सुशासन, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीति नै समृद्ध नेपालको आधार हो भन्ने स्पष्ट दृष्टिकोणसहित खनाल अर्घाखाँचीका मतदातामाझ उपस्थित छन् ।

    उनले विकासलाई केवल पूर्वाधारमा सीमित नराखी शिक्षा, स्वास्थ्य, रोजगारी, युवाशक्ति परिचालन र सामाजिक न्यायसँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देशमा स्वतन्त्र, निष्पक्ष र जनमुखी राजनीतिको आवश्यकता बढ्दै गएको वर्तमान परिवेशमा खनालको उम्मेदवारीले अर्घाखाँचीमा नयाँ आशा र वैकल्पिक ऊर्जा थपेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend