Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

फागुन २१ को चुनावका लागि ७० प्रतिशत काम सम्पन्न : निर्वाचन आयोग


२, पुस २०८२
  • 104
    SHARES
  • फागुन २१ को चुनावका लागि ७० प्रतिशत काम सम्पन्न : निर्वाचन आयोग

    काठमाण्डौ – आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावको लागि ७० प्रतिशत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

    चुनाव केन्द्रित रहेर आयोगले सरकारका मन्त्रीसहित गरेको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७० प्रतिशत काम सम्पन्न भएको र तोकिएकै समयमा सम्पन्न गर्नका लागि आफूहरु लागिपरेको बताउनुभयो । निश्चित प्रक्रिया पूरा गरेर चुनाव सम्पन्न गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।

    कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राख्नुभएको जिज्ञासामा भण्डारीले मितव्ययी ढङ्गले खर्च गर्न आयोग सचेत रहेको बताउनुभयो । दल र दलका उम्मेदवारले गर्ने खर्चको हकमा पनि कडाइका साथ सीमा तोक्ने उहाँले बताउनुभयो ।

    उम्मेदवारले गर्ने खर्चको सवालमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको सङ्ख्याको आधारमा खर्च गर्न दिने गरिएको कार्यवाहक निर्वाचन आयुक्त भण्डारीको भनाइ छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend