काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा भएको एघारौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमा अध्यक्ष ओली खेमाकै बर्चस्व देखिएको छ ।
यी हुन्– केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसारको एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू ।