Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमालेमा पोखरेल पक्षको छुट्टै भेला: नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको मुद्दा नछोड्ने निर्णय


५, पुस २०८२
  • 122
    SHARES
  • एमालेमा पोखरेल पक्षको छुट्टै भेला: नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको मुद्दा नछोड्ने निर्णय

    काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षका नेताहरूको शनिबार काठमाडौँमा बसेको भेलाले महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।

    एमाले उपमहासचिव योगेश भट्टराईले दिएको जानकारी अनुसार भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतान्त्रीकरण जस्ता मुद्दाहरूलाई पार्टीको विधि र विधानभित्रै बसेर उठाइरहने निष्कर्ष निकालेको छ । आफ्ना विचारहरूलाई पार्टीका विभिन्न तहमा छलफलका लागि लैजाने तयारी यो पक्षले गरेको छ ।

    भेलाले महाधिवेशनको मत परिणामबाट विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको एकता र सुदृढीकरणका लागि रचनात्मक भूमिका खेल्ने अठोट गरेको छ ।

    यद्यपि, महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका गतिविधिले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको भन्दै यो पक्षले गम्भीर चिन्ता व्यक्त गरेको छ । 

    लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोमा आपत्ति जनाउँदै आगामी दिनमा यस्ता प्रवृत्ति विरुद्ध सचेत रहने भट्टराईले बताएका छन् ।

    पार्टीभित्र हुन सक्ने गुटबन्दी र नेता-कार्यकर्तालाई काखापाखा गर्ने कुनै पनि प्रयास वा प्रस्ताव आएमा त्यसको कडा प्रतिवाद गर्ने निर्णय समेत भेलाले गरेको छ । नेता भट्टराईले पार्टीभित्र कुनै पनि किसिमको अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पार्दै वैचारिक र पद्धतिगत सङ्घर्षलाई नै प्राथमिकता दिने बताएका छन् । 

    महाधिवेशनपछिको यो भेलालाई एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र वैचारिक बहसको निरन्तरताका रूपमा हेरिएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend