Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर


६, पुस २०८२
  • 95
    SHARES
  • कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

    काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जनाले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका शीर्ष तहका नेताले भने पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् ।

    कांग्रेसको  विघटित प्रतिनिधिसभाकी सचेतक सुशीला थिङले शीर्ष तहका नेता बाहेकका ६५ सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेको जानकारी दिइन् । ‘हामी विघटित प्रतिनिधिसभामा पार्टीका ६५ जनाले हस्ताक्षर गरेका छौँ,’ थिङले भनिन्, ‘शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छैन । हामीले हस्ताक्षर गर्न पनि भनेका छैनौँ ।’

    कांग्रेस संसदीय दल स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर समूहका नेता डा. शेखर कोइरालासहितका नेताले पुनर्स्थापना हुनुपर्छ भन्नेमा हस्ताक्षर गरेका छैनन् ।

    कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिसकेका छन् । निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित सचेतक थिङ, सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादवले रिट दर्ता गरेका हुन् ।

    त्यही रिटमा पूरक बनाएर सोमबार बहुमत सदस्य सर्वोच्चमा जाने तयारीमा रहेको थिङले जानकारी दिइन् । ‘हामीले पहिल्यै ८ निवर्तमान सांसदले पुनर्स्थापनाको माग गर्दै रिट दायर गरिसकेका छौँ । अब कांग्रेस र एमालेका बहुमत सांसदको संख्या पुर्‍याएर सोमबार सर्वोच्चमा पूरक रिट दिने तयारी गरेका छौँ,’ थिङले भनिन् ।

    पार्टीले त निर्वाचनमा जाने निर्णय गरेको छ, तपाईँहरू त्यो निर्णयविपरीत किन पुनर्स्थापनाका पक्षमा जान लाग्नुभयो भन्ने रातोपाटीको प्रश्नमा थिङले भनिन्, ‘पार्टीको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

    केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयमा पनि प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण गरिनुपर्छ भन्ने लेखिएको छ, त्यही निर्णयलाई टेकेर हामी केही सांसद सर्वोच्च गइसकेका छौँ । अब बहुमत पुर्‍याएर फेरि जान्छौँ ।’ 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend