Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एलिजा गौतमको उपाध्यक्ष नियुक्ति: आम जनता पार्टीको आशा, भरोसा र जनमुखी राजनीतिको नयाँ ऊर्जा


९, पुस २०८२
  • 2,490
    SHARES
  • एलिजा गौतमको उपाध्यक्ष नियुक्ति: आम जनता पार्टीको आशा, भरोसा र जनमुखी राजनीतिको नयाँ ऊर्जा

    काठमाडौं । आम जनता पार्टीले एलिजा गौतमलाई उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी सुम्पँदै संगठन सुदृढीकरण र जनआधारित राजनीतिको दिशामा दृढ र सकारात्मक सन्देश प्रवाह गरेको छ । अध्यक्ष प्रभु साहद्वारा गरिएको यो नियुक्तिलाई पार्टीभित्र मात्र नभई समग्र राजनीतिक वृत्तले समेत दूरदर्शी र समयानुकूल कदमका रूपमा स्वागत गरेको छ ।

    उपाध्यक्ष गौतमले सार्वजनिक गर्नुभएको ९ बुँदे एजेन्डा विकास, सुशासन, सामाजिक न्याय र राष्ट्रिय हितमा स्पष्ट रूपमा केन्द्रित छ ।

    भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, समयमै सेवा प्रवाह हुने प्रशासनिक संरचना र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितलाई सर्वोपरि राख्ने उहाँको प्रतिवद्धताले आम जनता पार्टीलाई भरोसायोग्य वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने बलियो आधार तयार गरेको छ ।

    भुईँमान्छे, पीडित, मजदुर र महिलाका आवाजलाई केन्द्रमा राखेर अघि बढ्ने उहाँको दृष्टिकोणले पार्टीको राजनीति अभिजात वर्गसम्म सीमित नरही आम जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको सन्देश दिएको छ । यसले पार्टीको वैचारिक धारलाई व्यवहारिक, समावेशी र जनउत्तरदायी बनाउँदै लैजाने स्पष्ट संकेत गरेको विश्लेषण गरिन्छ ।

    महिला सशक्तिकरणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धतासँगै नेतृत्व तहमा सक्षम महिलाको उपस्थिति विस्तार हुनु आफैंमा सकारात्मक राजनीतिक परिवर्तनको प्रतीक हो ।

    यसले आम जनता पार्टीभित्र समावेशी नेतृत्व विकास र लैङ्गिक समानताप्रतिको दृढ दृष्टिकोणलाई अझ सुदृढ बनाएको छ । राजनीतिप्रति जनविश्वास कमजोर बन्दै गएको वर्तमान अवस्थामा, एलिजा गौतम जस्तो सामाजिक अभियन्ताको सक्रिय, स्पष्ट र जनमुखी भूमिकाले आम जनता पार्टीप्रति आशा र भरोसा थप्ने विश्वास गरिएको छ ।

    उहाँको उपाध्यक्ष पदको जिम्मेवारी केवल औपचारिक पदमा सीमित नभई पार्टीको दीर्घकालीन जनआधारित राजनीति, संगठन विस्तार र राष्ट्रसेवाको अभियानलाई संस्थागत गर्ने महत्वपूर्ण दायित्वका रूपमा लिइएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend