Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर


१०, पुस २०८२
  • 113
    SHARES
  • रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

    काठमाडौं। नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको भेटस्थलबाट बाहिरिएका छन्।

    एक नेताले जानकारी दिएअनुसार अब रविसहित केही नेताहरू छलफलमा बस्नेछन् । बालेनले एउटै चुनाव चिह्न लौरो लिएर निर्वाचनमा जाने प्रस्ताव यो भेटमा गरेका छन् ।

    रविले यसबारे पार्टी नेताहरूसँग छलफल गरेर निर्णय दिने बताए । ‘पुन: छलफल गरेर बैठक बस्ने भएको छ। केही नेता जुटेर छलफल गर्दैछौं। नयाँ शक्तिसँगको संवाद सकारात्मक भएको छ । एउटै पार्टी बनेर जाने सम्भावना पनि छ । मोर्चाको सम्भावना छ’, ती नेताले भने, ‘देशकै चौथो शक्ति लचिलो भएर जान सकिँदैन । वैकल्पिक शक्ति एक बनाएर जान अभिभावकका रुपमा सोच्नुपर्ने बेला आएको छ ।’

    लामिछाने बाहिरिनेबित्तिकै नेता शिशिर खनाल बालेनलाई भेट्न ज्वागल पुगेका हुन् ।

    रविपछि थप छलफल गर्न शिशिर अहिले बालेनका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् । बालेन्द्र र रवि दुवै पक्षका नेताहरूका अनुसार छलफल सकारात्मक भइरहेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend