Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन


१०, पुस २०८२
  • 91
    SHARES
  • माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

    काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।

    काठमाडौंको बुद्धनगरमा जारी केन्द्रीय समितिको चौथो विशेष बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव विप्लवले कार्यकर्तालाई एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न निर्देशन दिएका छन्।

    उनले पार्टीभित्र वा बाहिर कसैसँग पनि चुनावी तालमेल गर्ने विषयमा हालसम्म कुनै आधिकारिक छलफल नभएको स्पष्ट पारे।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा केही परिवर्तन आएको उल्लेख गर्दै विप्लवले पार्टी स्वतन्त्र रूपमा चुनाव लड्ने तयारीमा रहेको कुरा दोहोर्‍याए।

    बैठकमा सम्बोधन गर्दै उनले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्ने र ११० जनाको समानुपातिक सूचीसमेत पेश गर्ने योजना रहेको बताए।

    महासचिव विप्लवले बुद्धिजीवी, व्यवसायी, अवकाश प्राप्त कर्मचारी तथा विदेशमा रहेका सचेत राष्ट्रप्रेमी नेपालीलाई समेत समेट्दै करिब २५ प्रतिशत उम्मेदवार टुंग्याउने तयारी भइरहेको जानकारी दिए।

    बैठकमा सहभागी जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेका अनुसार देशभरबाट करिब ३ सय नेताहरू काठमाडौंमा भेला भएका छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend