Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची कारागारका कैदिबन्दीलाई सामग्री हस्तान्तरण


१२, साउन २०८०
  • 175
    SHARES
  • अर्घाखाँची कारागारका कैदिबन्दीलाई सामग्री हस्तान्तरण

    अर्घाखाँची  । अर्घाखाँची कारागारका कैदिबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । सन्धिखर्क नगरपालिकाले कैदिबन्दीका मागका आधारमा सामग्री हस्तान्तरण गरेको हो ।

    कारागारमै गएर नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल, प्रमुख अनुसन्धान अधिकृत ईश्वरी आचार्य लगायतको टोलीले कैदिबन्दीलाई सामग्री उपलब्ध गराएको छ । दुई थान टेलिभिजन सेट, दुई थान फ्रिज, एक थान पानी फिल्टर, एक थान प्रेशर कुकर, टर्च लाईट लगायतका सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

    प्रदान गरिएको सामग्रीले कैदीबन्दीलाई दैनिकी गुजार्न सहज हुने सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो । नगरले महिला कैदिबन्दीका लागी सिलाई कटाई तालिम सञ्चालन गर्ने र सबै कैदिबन्दीको दाँत परिक्षण गर्ने योजनामा रहेको उहाँको भनाई छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले सामग्री पर्याप्त नभएपनि जिवनयापनमा केही सहजता आउने बताउनु भयो । कैदिबन्दीलाई पनि सुचनाको पहुँचमा राख्न टेलिभिजन लगायतका सामग्री प्रदान गरिएको उहाँको भनाई छ ।

    कार्यक्रममा सन्धिखर्क नगरपालिकाका योजना शाखा प्रमुख दिलिप केसी, जिन्सी शाखाका धर्मराज भुसाल, सन्धिखर्क–१ का वडाध्यक्ष माधव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थिती रहेको थियो । अर्घाखाँची कारागारमा हाल ६१ जना पुरुष र ९ जना महिला गरी कुल ७० जना कैदिबन्दी छन् । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend