Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?


१३, पुस २०८२
  • 108
    SHARES
  • रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीचको सहमतिमा जेनजी र सरकारबीचको सम्झौता कार्यान्वयनको विषय नसमेटिएको भन्दै प्रश्न उठेको छ ।

    जेनजी समूहकै मजिद अन्सारीले रक्षा बम र पुरुषोत्तम यादव वार्तामा सहभागी हुँदा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयनको सवाल नउठाएको भन्दै प्रश्न गरेका हुन् ।

    रवि र बालेनबीच सात बुँदे सहमति भए लगत्तै अन्सारीले सामाजिक सञ्जालमार्फत् सम्झौतामा किटानीसहित जेनजी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्ने बुँदा नसमेटिएको भन्दै आपत्ति जनाएका हुन् । उनले यो किन समेटिएन भनेर जेनजी नेता रक्षा बम र पुरुषोत्तम यादवलाई प्रश्न गरेका छन् ।

    ‘रक्षा बमज्यू तथा राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध पुरुषोत्तम यादव ज्यु लगायत वार्तामा सामेलहरुलाई सोझो प्रश्न, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र बालेन्द्र शाह बीचमा भएको समझौतामा किटानी सहित जेनजी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकार बीचमा भएको १० बुँदे सम्झौता (मिति २०८२ मंसिर २५ गते नेपाल राजपत्रमा प्रकाशित) कार्यान्यवन गर्ने प्रतिबद्धता सहितको बुँदा किन समेटिएन ? तपाईंहरुको यस सम्बन्धमा भएको सार्वजनिक धारणा के हो ?’, उनले प्रश्न गर्दै भनेका छन् ।

    उनले आगामी दिनमा जेनजी आन्दोलनका मुद्दा रास्वपाको नीति तथा कार्यक्रमको हिस्सा बन्छ कि बन्दैन भनेर पुरुषोत्तम यादवलाई थप प्रश्नसमेत गरेका छन् ।

    ‘अन्त्यमा पुरुषोत्तम यादवज्यूलाई सरल प्रश्न, आगामी दिनहरुमा जेनजी जनआन्दोलनको मुद्धाहरु रास्वपाको नीति तथा कार्यक्रमको हिस्सा बन्नेछ कि नाई ? खुलाई दिनुहोस्’, उनले लेखेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend