Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए


१४, पुस २०८२
  • 119
    SHARES
  • समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए

    काठमाडौं।फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय गुज्रिँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच वार्ता भइरहेको छ।

    उक्त वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि सहभागी छन् ।

    यो वार्ताका लागि आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरूङसहित केही युवाहरूले कुलमानलाई लिएर गएका बताइएको छ । कुलमानलाई सुधनसहितका युवकले बौद्धको अन्तरा होटलमा जारी केन्द्रीय समिति बैठकबाट लिएर गएको बताइएको छ ।

    समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समयअघि नै कुरा मिलाउन यी तीनजना छलफलमा बसेका हुन् । कुलमानको उज्यालो नेपालले समानुपातिकका ११० जनाकै सूची तयार गरिसकेको अवस्थामा फेरि त्रिपक्षीय वार्ता भएको हो ।

    उज्यालो नेपालका एकजना केन्द्रीय सदस्यले बताएअनुसार सकेसम्म आजै सहमति जुटाउने कोसिस भइरहेको छ । कुलमानले आगामी निर्वाचनपछि आधा आधा कार्यकाल प्रधानमन्त्री हुनुपर्ने अडान राखिरहेका छन् । उज्यलो नेपालले समानुपातिक सूची बुझाउन निस्सा लिइसकेको छ । तर अझै पनि बुझाउन बाँकी छ ।

    उता रास्वपा प्रवेश गरेका बालेन्द्रले जेन-जी आन्दोलनले आफूलाई पूरै पाँच वर्ष प्रम बन्ने म्यान्डेट दिएको आफूनिकटस्थलाई बताइरहेका छन् । यही विषयमा यिनीहरूबीच सहमति जुट्न सकेको छैन ।

    उता कुलमानले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि संवाद गरिरहेका छन् । शर्मासँग एकै चुनाव चिह्नमा लड्ने गरी सहमति गर्न खोजिए पनि जुटेको छैन । प्रलोपले बन्दसूची बुझाइसकेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend