Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तत्कालीन गृहमन्त्री लेखकले जाँचबुझ आयोगसमक्ष दिएको बयानमा के छ ? (पूर्णपाठसहित)


१४, पुस २०८२
  • 169
    SHARES
  • तत्कालीन गृहमन्त्री लेखकले जाँचबुझ आयोगसमक्ष दिएको बयानमा के छ ? (पूर्णपाठसहित)

    काठमाण्डाै – तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले नवयुवा आन्दाेलनका क्रममा आफूले सुरक्षा निकायलाई आवश्यकताभन्दा धेरै बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताउनुभएकाे छ ।

    भदाै २३ र २४ गतेकाे घटनासम्बन्धी जाँचबुझ आयाेगमा आज बयान दिँदै लेखकले गृहमन्त्रीकाे हैसियतले आफूले सुरक्षा निकायलाई कुनै हताहत नहोस्, कसैकाे पनि ज्यान जाने अवस्था नआओस् भनेर सचेत गराएकाे बताउनुभयाे ।

    उहाँले भन्नुभयाे, ‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा दुई/तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहत (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु होला ।’

    यस्तै तत्कालीन गृहमन्त्री लेखकले आन्दाेलनमा घुसपैठ हुन सक्ने कुरामा पनि सुरक्षा निकायलाई सतर्क गराएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्छ, प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, सतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend