पोखरा । गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । खड्कालाई पोखरा नयाँबजारमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत गरे । खड्का केहि समयअघि नेपाली कांग्रेसको अनुशासन कारबाहीमा परेका थिए ।
२०७९ को निर्वाचनमा हालका प्रदेश मन्त्री विन्दुकुमार थापासँग हराउन लागेको भन्दै खड्का कारबाहीमा परेका थिए । कांग्रेसमा हुँदा खड्का गण्डकीका भौतिक पूर्वाधार मन्त्री बनेका थिए । कांग्रेसमा जानुअघि खड्का अखण्ड नेपाल पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए । खड्कासँगै व्यवसायीद्वय मिलन थापा र पुष्प अधिकारी पनि रास्वपा प्रवेश गरेका हुन् ।