Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

काठमाडौं–३ बाट कुलमान उम्मेदवार, प्रचार सुरु


२२, पुस २०८२
  • 103
    SHARES
  • काठमाडौं–३ बाट कुलमान उम्मेदवार, प्रचार सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा उर्जमन्त्री कुलमान घिसिङले काठमाडौंको क्षेत्र नम्बर ३ बाट आगामी आमनिर्वाचनमा उम्मेदवारी दिने भएका छन् । उनले आफ्नो प्रचारप्रसार थालिसकेको स्रोतले बतायो ।

    रास्वपासँग एकता नहुँदै घिसिङले उज्यालो नेपालबाट काठमाडौं-३ मा लड्ने तयारी सुरु गरिसकेका थिए । एकतापछि पनि उनी यही क्षेत्रबाट लड्ने समझदारी नेतृत्व तहमा भएको बुझिएको छ । उनी अहिले सो निर्वाचन क्षेत्रमा मतदाताहरुसँग अन्तरक्रिया र भेटघाटमा व्यस्त छन् ।

    घिसिङ काठमाडौं-३ कै बासिन्दा पनि हुन् । अघिल्लो आमनिर्वाचनमा नै उनी यस क्षेत्रबाट माओवादी उम्मेदवार बन्ने चर्चा थियो । यस्तो चर्चा माओवादीले नै चलाएको थियो । माओवादीले प्रचण्ड र जनार्दन शर्मासँगै घिसिङको तस्विर राखेर एउटा पोष्टर सार्वजनिक गरेपछि विवाद पनि निम्तियो । त्यसबेला घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । विवादपछि उनले आफू माओवादीमा नरहेको र चुनाव पनि नलड्ने सार्वजनकि प्रष्टीकरण दिए । माओवादीले पनि उनको तस्विर हटायो ।

    प्राधिकरणबाट बाहिरिनु अघि नै घिसिङले राजनीतिमा आउने र २०८४ को चुनाव लड्ने मनसाय बनाइसकेका थिए । त्यसबेलैदेखि उनको रोजाईमा काठमाडौं-३ परेको हो । त्यसैमा उनी पछिसम्म अडिक गरे । यो क्षेत्रमा राजनीतिक दलबाट हाइप्रोफाइल उम्मेदवार नरहेको र मतदाताले ‘लोकप्रिय छवि’ भएको व्यक्ति खोज्न सक्ने हुँदा घिसिङलाई तुलनात्मक रुपमा सहज हुन सक्ने अनुमान गरिएको छ ।
     
    २०७९ को निर्वाचनमा काठमाडौं-३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी बनेका थिए । उनले एमालेका कृष्ण राईलाई करिब ४ हजार मतले पछि पारेका हुन् । गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर चालिसेले १५ हजार १५८ मत ल्याउँदा राईले ११ हजार १९६ मत ल्याएर दोस्रो भए । राप्रपाका दुर्गाविक्रम थापाले ५ हजार ८ सय ६५ मत ल्याएर तेस्रो भएका थिए ।

    यस क्षेत्रका कांग्रेस सांसद चालिसेमाथि अहिले भ्रष्टाचार मुद्दा लागेको छ । गोकर्णेश्वरको मेयर भएका बेला गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा मुद्दा दायर गरेको हो । उनको आठ करोड ५६ लाख रुपैयाँको सम्पत्तिमध्ये चार करोड ८८ लाखको मात्रै स्रोत खुलेको अख्तियारको दावी छ ।

    भ्रष्टाचारको मुद्दा लाग्नुअघि नै कांग्रेसको क्षेत्रीय कमिटीले आमनिर्वाचनका लागि चालिसेको एकल सिफारिस गरेको थियो । उनको सिफारिसमा असन्तुष्ट बनेकाहरुले क्षेत्रीय कार्यालयमा तालावन्दी गरेका थिए ।

    एमालेबाट रामेश्वर फुयाँल र कृष्ण राई प्रमुख आकांक्षी हुन् । फुयालले २०७० मा यही क्षेत्रबाट चुनाव जितेका थिए । अबको चुनावमा कुलमानको प्रतिस्पर्धा कांग्रेस र एमालेकै उम्मेदवारसँग हुने आँकलन छ ।

    कुलमान अहिलेको मन्त्रीपरिषदमा दोस्रो वरियताका मन्त्री हुन् । उनले चुनावका लागि मनोनयनपत्र दर्ता गर्नुअघि राजीनामा दिने मनशाय बनाएका छन् । पछिल्लो समयमा केही विवादहरुले उनको लोकप्रियतामा केही आँच आएको छ ।

    रास्वापले चुनावमा उम्मेदवार छान्न प्राइमरी इलेक्सनको विधि बनाएको छ । तर, भर्खरै एकता प्रक्रियाबाट आएकाहरुको हकमा प्राइमरी इलेक्सन लागू नहुने उज्यालो नेपाल स्रोतले दाबी गर्यो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend